Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पूर्वाधार विकास कार्यालयलाई सडकहरु हस्तान्तरण

बैतडी २५ फागुन
tribeni2

सडक डिभिजन कार्यालय पाटन बैतडी मार्फत निर्माण भईरहेका सडकहरु पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

प्रादेशिक सडकहरु प्रदेश सरकारले निर्माण गर्ने भएपछि बैतडीको पाटन ÷पञ्चेश्वर सडक, सिल्लेगडा,कटौजपानी, देथला सडक र दार्चुलाको पारीबगड खण्डेश्वरी सडक पूर्वाधार विकास कार्यालय मातहत आएका हुन् ।

यसअघि संघीय सरकारले निर्माण गरिरहेका ती सडकहरु प्रदेश सरकार मातहत आएपछि साउन यता काम हुन सकेको छैन् । केही दिन अघि मात्रै पूर्वाधार विकास कार्यालयलाई सडक हस्तान्तरण भएकाले अब काम थालिने पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर जगतप्रसाद जोशीले जानकारी दिए ।

 

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  १२:०३
प्रतिक्रिया दिनुहोस्