तारक केसी

प्रतिस्पर्धाको बाटो थुन्नु छेक्नु र निशेध गर्नु हुदैन त्यसो भयो भने जाम हुन्छ जाम भयो भने बिस्पोट हुन्छ . जस्तो नदिको प्रवाह रोक्दा ..हरेक कुराको निश्चित अवधी हुन्छ समयरेखा हुन्छ । शिघ्र निकाश दिनुपर्ने हुन्छ अनिर्णयको बन्दी बनाउने र दासहरु मात्र उत्पादन गर्ने दुराग्रह र दुरासय बाट माथी उठन जरुरत छ । दुई चार थान अनुहारलाई मात्र केन्द्रबिन्दुमा राखेर गरिने सहमति सहमति नभएर जबर्जस्ति हो । त्यो कुरा हजारौं ईमानदार नेता कार्यकर्ताको इमानदारीता माथिको कुठराघात हुने भएकोले त्यस्ता निर्णयको खबरदारी गरिने छ । परिश्रमी र परिक्रमी बिचको अन्तर कस्तो हुन्छ भन्ने कुरा ज्ञात रहोस । प्रतिस्पर्धालाई आकाश खसेको र धर्ति भासिएको रूपमा नबुझ्न र धेरै भावनामा न बहकिन र वस्तुवादी दृस्ठिकोण र चेतको विकाश गरौ । हजारौ नेता कार्यकर्ताहरुको यो अधिकारको पक्षमा एक्लै भए नि उभिने प्रण रहनेछ । अनुहार होइन आवस्यकता, योग्यता क्षमता निरन्तरताको आधारमा नेतृत्व उत्पादन र निर्माण गरौ । प्रक्रिया नै अवरुद्ध गरेर विकाश र उत्पादन प्रक्रिया अवरुद्द हुनेतर्फ सजग रहौ ।

(तारक केसीको फेसबुकबाट)

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शेर प्रसाद ढकाल
२०७८ मंसिर ५

नरेन्द्र केसी
२०७८ मंसिर ५

एसपी ढकाल
२०७८ मंसिर ५