नेभिगेशन
खेल

लोकतान्त्रिक खेलकुद संघको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा तेजबिक्रम चयन

नेपाल लोकतान्त्रिक खेलकुद संघ रुकुम पश्चिमको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ । सोमबार मुसिकोटमा भएको अधिवेशनबाट तेजबिक्रम बुढाको अध्यक्षतामा सर्वसम्मत जिल्ला कार्य समिति चयन गरिएको छ । 

नेपाली कांग्रेस रुकुम पश्चिमका संगठन विभाग प्रमुख यदुकुमार आचार्यका अनुसार सात जना सदस्य पछि थप गर्ने गरी ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा महेन्द्र शमशेर खड्का र सपना ओली, सचीव मा शुनिल शाह, सहसचिवमा किरण परियार र कोषाध्यक्षमा रितिक बिक चयन हुनुभएको छ । 

त्यसैगरी संघको महाधिवेशन प्रतिनिधिमा अध्यक्ष तेजबिक्रम बुढा, यदुकुमार आचार्य, भद्रबहादुर खड्का र नमूना ओली चयन हुनुभएको छ । 

अधिवेशनले प्रदेश प्रतिनिधिमा प्रदेश सभा निर्वाचन क्षेत्र 'क' बाट अध्यक्ष सरोज बिक, पुष्पा गिरी, भद्र बहादुर खड्का र सुनिल शाही र प्रदेश सभा निर्वाचन क्षेत्र 'ख' बाट अध्यक्ष गोपाल लामिछाने, तेजबिक्रम बुढा, नैना खड्का र कमला केसीलाई चयन गरेको छ । 

नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस रुकुम पश्चिमका संगठन विभाग प्रमुख यदुकुमार आचार्यको अध्यक्षता र नेपाली कांग्रेसका प्रदेश समिति सदस्य रिपबहादुर ओलीको प्रमुख आतिथ्यमामा भएको प्रथम अधिवेशनमा संघका प्रदेश सदस्य द्रोण कुमार चन्दको बिशेष आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेल