नेभिगेशन
राजनीति

चौरजहारीमा कांग्रेसका चार भातृ संगठनको अधिवेशन सम्पन्न

महिला संघमा सुगन्धा, दलित संघमा मोहन, किसान महासंघमा टोपबहादुर र तरुण दलमा मोहन 

नेपाली कांग्रेसले रुकुम पश्चिमको चौरजहारीमा चार भातृ संस्थाको पालिकास्तरिय अधिवेशन एकसाथ सम्पन्न गरेको छ । 

बुधबार चौरजहारी नगरपालिका ७ को नार्जिमा संयुक्त अधिवेशन गरेर चार भातृ संस्थाहरुको अधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेस चौरजहारीका नगर सभापति प्रेम बहादुर ओलीले जानकारी दिनुभयो । 

नेपाल महिला संघ, नेपाल दलित संघ, नेपाल तरुण दल र नेपाल किसान महासंघको पालिका अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट चार वटै संघको नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको छ । 

महिला संघ चौरजहारीको अध्यक्षमा सुगन्धा चन्द चयन हुनु भएको छ भने उपाध्यक्षमा जुन कुमारी कुमाँई र अनिता घर्ती पुन चयन हनुभएको छ । त्यसैगरी सचिवमा कविता बिष्ट रोकाय र निम कुमारी ओली र कोषाध्यक्षमा बसन्ता केसी चयन हुनुभएको छ । 

f1b2c32e-39f8-47e7-aa87-14a720576e4e-1744205105.jpgनेपाल दलित संघ चौरजहारीको अध्यक्षमा मोहन सुनार चयन हुनुभएको छ । दलित संघको उपाध्यक्षमा हिरालाल सार्की, सचिवमा कमल बिक, सहसचिवमा कौशिला बिक र कोषाध्यक्षमा सीता बिक चयन हुनुभएको नगर सभापति ओलीले जानकारी दिनुभयो । 

0d8d5f8c-d559-4667-addd-8115524e834d-1744205108.jpgत्यसैगरी नेपाल किसान महासंघ चौरजहारीको नगर अध्यक्षमा टोप बहादुर खत्री चयन हुनुभएको छ भने उपाध्यक्षमा नर बहादुर कँवार, सचिवमा गोरख चन्द, सह सचिवमा चन्द बहादुर पुन र कोषाध्यक्षमा मनकला खत्री चयन हुनुभएको छ । 

1120222f-5b79-4530-9e36-966382e03b57-1744205100.jpgतरुण दलमा मोहन

091b94c0-a02f-4def-babb-5e6b8e0958f4-1744205104.jpgअधिवेशनले मोहन भण्डारीको अध्यक्षतामा नेपाल तरुण दल चौरजहारी नगर कार्यसमिति चयन गरेको छ । तरुण दलको उपाध्यक्षमा तिलक ओली, सचिवमा सुमन केसी, सह सचिवमा नविन थापा चयन हुनुभएको छ । 

नेपाली कांग्रेस चौरजहारी नगर कार्यसमितिको सभापति प्रेमबहादुर ओलीको अध्यक्षतामा भएको भातृ संस्थाहरुको अधिवेशनमा पार्टीका कर्णाली प्रदेश समितिका सदस्य रिप बहादुर ओलीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस रुकुम पश्चिमका पार्टी उपसभापतिद्वय हर्कसिं खत्री र सुरतजंग मल्ल, सचिवद्वय परमेश्वर भण्डारी र तारक शाही, महासमिति सदस्यहरु तिलक भण्डारी र मनिषा रोकाया, महाधिवेशन प्रतिनिधि खड्कबहादुर डाँगी, जिल्ला सदस्य तथा संगठन विभाग प्रमुख यदु कुमार आचार्य, जिल्ला सदस्य अमरसिं खड्का लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रमको सञ्चालन नगर समितिका सचिव गोपाल लामिछानेले गर्नुभएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति