नेभिगेशन
समाज

हावाहुरीले दुई विद्यालयसहित दर्जनौ बढी घरमा क्षति

सल्यानमा बुधबार राती वर्षासँगै आएको हावाहुरीले सल्यानमा दुई विद्यालयसहित दर्जन बढी घरमा क्षति पुर्‍याएको छ ।

जिल्लाको शारदा नगरपालिका ८ मार्के स्थित त्रिभुवन जनता माध्यमिक विद्यालय मार्के र बनगाड कुपिण्डे नगरपालिका ११ पाँचहारे स्थित नवज्योति आधारभूत विद्यालयको दुई, दुई कोठे भवनको छाना उडाएको र वर्षातका कारण भवनमा भएका सामग्रीसमेत भिजेर काम नलाग्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।

हावाहुरीकै कारण कालिमाटी गाउँपालिका वडा नम्वर २ मा पाँच, वडा नम्वर ७ मा चार, सिद्धकुमाखमा एक सर्वसाधारणको घर क्षति भएको छ । प्रहरी निरीक्षक बस्नेतका अनुसार दुई विद्यालयको छाना हुरीले उडाउँदा तीन लाख बरारबको क्षति भएको छ भने सर्वसाधारणको घरको क्षतिको विवरण संकलन गरिएको छैन ।

यसैबिच पहिरो गएर अवरुद्ध बनेको राप्ती राजमार्ग र छिन्चु जाजरकोट सडक खण्ड बिहीबार बिहान १० बजेपछि सञ्चालनमा आएको छ । 

490127900_3058234820995335_3568492529678993152_n-1744275748.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्