नेभिगेशन
समाज

चौरजहारीमा सार्वजनिक सुनुवाई सम्पन्न

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले दई स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । 

चैत २६ गते नगरपालिका कार्यालय र २८ गते हिमालय माध्यमिक विद्यालय खोलागाउँमा नगरपालिकाले सार्वजनिक सुनुवाई गरेको हो । 

चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय र सो अन्तर्गका निकायबाट सम्पादित कार्यहरू, सेवा प्रवाह लगायतका सन्दर्भमा गुनासो, जिज्ञासा, सल्लाह, सुझाव, प्रशंसा र प्रतिक्रियाका लागि सरोकारवालासँग साक्षात्कार गर्न सार्वजनिक सुनुवाई गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनभयो । 

उहाँका अनुसार सार्वजनिक सुनुवाइ अर्थपूर्ण रुपमा सम्पन्न भएको छ भने सेवाग्राहीबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने नगरपालिकाले प्रतिवद्धता जनाएको छ । 

कार्यक्रममा नगरपालिकाबाट सम्पादित कार्य, नगरपालिकाका असल अभ्यास, चुनौती र सम्भावनाका विषयमा प्रस्तुतिकरण गरिएको थियो । त्यसैगरी आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन र संस्थागत विकास तथा सुशासनका क्षेत्रमा चालु आर्थिक वर्षमा सम्पादित कार्यको प्रस्तुतिकरण गर्नुका साथै राजश्व सङ्कलनको अवस्था र आयव्यय समेत सार्वजनिक गरिएको ढकालले जनाउनुभयो । 

कार्यक्रममा जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी र गैरसरकारी संघ संस्थाका प्रमुख, शिक्षक, कर्मचारी, विद्यार्थी, व्यापारी, वुद्धिजीवि, नगर प्रहरी, नेपाल प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । 

489920272_3004344083075104_2048406313385929654_n-1744297800.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्