नेभिगेशन
समाज

लागु औषधसहित दुई जना पक्राउ

सल्यान ।  सल्यान प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।  बिहिवार दिउँसो जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे.१ ख ४००८ नम्बरको एस एम एलको फोर्स गाडी चेकजाँच गर्ने क्रममा प्रहरीले लागु औषधसहित सल्लीबजारबाट २ जनालाई पक्राउ गरेको हो। 

ईलाका प्रहरी कार्यालय देवस्थलका अनुसार पक्राउ पर्नेहरुमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ की ३८ वर्षीया भुमा बुढाथोकी र सुर्खेत सिम्ता गाउँपालिका–४ का ६५ वर्षीय भद्रबहादुर सिंह रहेका छन ।   प्रहरीका अनुसार भुमाको  झोलामा करिब ३ किलोग्राम लागुऔषध फेला परेको छ ।

पक्राउ परेका दुवैजना मागी थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपि केशर कुमार न्यौपानेले जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्