नेभिगेशन
राजनीति

मुसिकोटमा तरुण दल, महिला संघ र दलित संघको नयाँ नेतृत्व चयन

नेपाली कांग्रेस निकट तीन भातृ संस्थाहरुको पालिका अधिवेशन एक साथ सम्पन्न गरिएको छ । 

शुक्रबार मुसिकोट नगरपालिका स्तरिय नेपाल तरुण दल, नेपाल महिला संघ र नेपाल दलित संघको अधिवेशन सम्पन्न भएको हो । 

नेपाली कांग्रेस मुसिकोट नगर समितिका सचिव सुर्य प्रकाश शर्माका अनुसार तरुण दलको दोश्रो नगर अधिवेनबाट सुदर्शन बिष्टको अध्यक्षतामा ५१ सदस्यीय नगर कार्यसमिति चयन गरिएको छ । 

त्यसैगरी नेपाल महिला संघ मुसिकोट नगर समितिको अध्यक्षमा बेद कुमारी न्यौपाने चयन हुनुभएको छ । न्यौपानेको अध्यक्षतामा २७ सदस्यीय नगर कार्यसमिति चयन गरिएको छ । 

नेपाल दलित संघको नगर अध्यक्षमा गंगाराम ददेल चयन हुनुभएको छ । दलित संघको नगर कार्यसमिति २५ सदस्यीय रहेको छ । महिला संघ र दलित संघको प्रथम नगर अधिवेशन हो । 

तीन वटै भातृ संस्थाहरुको नगर कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । पालिका स्तरिय भातृ संस्थाहरुको अधिवेशन नेपाली कांग्रेसका मुसिकोट नगर सभापति प्रेमबहादुुर ओलीको अध्यक्षतामा र पूर्व राज्यमन्त्री मिठु मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएका हुन् । कार्यक्रमको सञ्चालन नगर समितिका सचिव सुर्य प्रकाश शर्माले गर्नुभएको थियो । 

490078819_1168923204738526_7012748805176564157_n-1744383911.jpg

490496591_1744906426378829_2709216397111892674_n-1744383914.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति