Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कुपिण्डे तालमा अब र्‍याफ्टिङ सरर....

कुपिण्डे ताल सल्यानको मात्र नभएर कर्णालीकै गहना
tribeni2
  • इन्द्र बुढाथोकी

सल्यान / कर्णालीको प्रशिद्ध पर्यटकिय स्थल कुपिण्डे तालमा तीन ओटा र्‍याफ्टिङ चल्ने भएका छन् । यस अघि तालमा काठका डुंगा मात्र चल्दै आएका थिए ।

डिभिजन वन कार्यालय सल्यानले कुपिण्डे तालको लागि भन्दै बनगाड कुपिण्डे नगरपालिकालाई र्‍याफ्टिङ हस्तान्तरण गरेको छ । पर्यटन प्रवद्र्धनका लागि हस्तान्तरण गरिएका र्‍याफ्टिङहरु नगरपालिकाद्धारा कुपिण्डे तालमा चलाईने बताईएको छ ।

डिभिजन प्रमुख रमेशकुमार गिरीका अनुसार आर्थिक वर्ष ०७७,०७८ को ५० लाख बजेटबाट ३ ओटा र्‍याफ्टिङ बोर्ड, गाइड ज्याकेट ३, लाइफ ज्याकेट २६, पम्प ३, सेफ हाउस १, गाइड प्याडल ३, प्याडल २६ , हेल्मेट २६ लगाएत अन्य विभिन्न सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याएर स्थानीय समुदायको रोजगारी सिर्जना गर्न सकिने भएकोले कुपिण्डे तालको प्रचार, संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको प्रमुख गिरीले उल्लेख गर्नुभयो । ताल संरक्षणको लागि तत्काल गुरुयोजना बनाउन लागिएको समेत उहाँले जानकारी दिनुभयो । उहाँले भेरी नदि, शारदा नदिमा समेत विपत व्यवस्थापनको लागी आवश्यक पर्दा समेत सहयोग गरिने उल्लेख गर्नुभयो ।

यस अघि काठको डुङ्गाबाट तालमा पर्यटकहरु घुम्ने गरेका थिए । अब र्‍याफ्टिङ बोर्ड मार्फत पर्यटकहरु रमाउदै तालमा घुम्ने र प्रचार हुने वन निर्देशक शिवराम अधिकारीले बताउनु भयो ।

नगरपालिकाले कुपिण्डे ताललाई २०६४ साल देखि पर्यटन रुपमा चिनाउन लागेको बनगाड कुपिण्डे नगरपालिकाले जनाएको छ । भने अनुसार विकास हुन नसके पनि बिस्तारै फड्को मार्दै गएको नगरपालिकाका उप प्रमुख मञ्जु यरिले बताउनुभयो । कुपिण्डे ताल बनगाडको मात्र नभएर सल्यान जिल्ला तथा समग्र कर्णालीकै गहना भएको उहाँले जनाउनुभयो ।

कुपिण्डे ताल

 

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १०:११
प्रतिक्रिया दिनुहोस्