नेभिगेशन
राष्ट्रिय

देशभरकाे माैसम : बिहीबारदेखि भित्रँदैछ नयाँ प्रणाली, अझै बढी पानी पर्ने

अहिले देशभर स्थानीय वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशभरि बदलीको अवस्था छ।

‍बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। बुधबार मंगलबारको तुलनामा केही कम पानी पर्ने मौसमविद सञ्जिव अधिकारीले जानकारी दिनुभयाे।

बिहानको तुलनामा भने दिउँसो पानी केही बढी पर्नेछ। दिउँसो सबैजसो पहाडी भूभागहरूमा हल्का वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयाे । तराईका एक/दुई स्थानमा पनि वर्षाको सम्भावना छ।

 

साथै उच्च पहाडी भूभागहरूमा हल्का हिमपातको पनि सम्भावना छ। काठमाडौंमा पनि बुधबार दिउँसो वर्षा हुने सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिनुभयाे।

 

उहाँका अनुसार बिहीबारदेखि अझै बढी पानी पर्ने सम्भावना छ। अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश हुने सम्भावना रहेकाले बिहीबार पहाडी भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्