Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

काँग्रेस रुकुम पश्चिमको अधिवेशन उद्घाटन - 'पानसमा बत्ति बालेर र गमलामा पानी हालेर'

उद्घाटन कार्यक्रम आजै सकेर बन्द सत्र समेत प्रारम्भ गरिने
tribeni2

रुकुम पश्चिम / नेपाली काँग्रेस रुकुम पश्चिमको सातौ जिल्ला अधिवेशन मुसिकोटमा सुरु भएको छ । पूर्व राज्य मन्त्री एवम् नेपाली काँग्रेसका नेता गोपाल जि जंग शाहले एक औपचारिक कार्यक्रमका बिच पानसमा बत्ति बालेर र गमलामा पानी हालेर अधिवेशनको उद्घाटन गर्नुभएको हो ।

बृहत र्‍यलि तथा बाजागाजा सहित सदरमुकामको बजार परिक्रमा गरेर बराहटाकुरा स्थित कार्यक्रम स्थलमा औपचारिक कार्यक्रमको सुरुवात गरिएको नेपाली काँग्रेसका सभापति प्रेम प्रकाश ओलीले बताउनुभयो ।

अधिवेशनको उद्घाटन सत्रमा जिल्लाका ६ ओटा पालिकाहरुबाट क्षेत्रिय प्रतिनिधि तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ । उद्घाटन सत्रमा बोल्ने अधिकांश नेताहरुले समहमतिबाटै काँग्रेस रुकुमको नेतृत्व चयन हुनुपर्ने जनाएका छन् ।

उद्घाटन कार्यक्रम आजै सकेर बन्द सत्र समेत प्रारम्भ गरिने सभापति ओलिले बताउनुभयो । अधिवेशनले नयाँ जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्रको कार्यसमिति चयन गर्ने छ ।

उद्घाटन सत्रमा प्रत्येक पालिकाबाट आएका बिभिन्न झाँकि तथा साँस्कृतिक प्रस्तुतीहरु राखिएको थियो । यस अधिवेशनले ३७ सदस्यीय जिल्ला कार्यसमिति, २५ जना महाधिवेशन प्रतिनिधि, ३४ जना प्रदेश प्रतिनिधि चयन गर्ने जनाईएको छ ।



प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्