नेभिगेशन
समाज

मुसिडाँडामा गेटले च्यापिएर एक जनाको मृत्यु

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –४ स्थित मुसिडाँडामा गेट बनाउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । 

मुसिडाँडामा नयाँ गेट बनाउने क्रममा पुरानो गेट भत्किन गई च्यापिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयमा सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार मुसिकोट नगरपालिका –४ थापागाउँ निवासी ५९ वर्षीय खिमबहादुर गिरीको मृत्यु भएको हो । मुसिडाँडाको पश्चिमतर्फको गेट बनाउने क्रममा ढोकासहित भत्किएको पुरानो गेटले गिरीलाई च्यापेको हो । 

शनिबार दिउँसो करिब १ बजे उक्त घटना भएको हो । स्थानीयले गेट भत्किएर गिरीको मृत्यु भएको भनेर सूचना दिए लगत्तै घटनास्थलमा प्रहरी पुगेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज