नेभिगेशन
राजनीति

रुकुम पश्चिमकाे लेखापढी कानून व्यवसायी एसाेसिएसनकाे अध्यक्षमा टेकबहादुर

रुकुम पश्चिम । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन रुकुम पश्चिमको अध्यक्षमा टेकबहादुर ओली निर्विरोध निर्वाचित हुनुभएको छ ।

शनिबार सम्पन्न भएको नवौँ जिल्ला अधिवेशनले ओलीको अध्यक्षतामा १ जना सदस्य पछि थप्ने गरी ११ सदस्यीय नेतृत्व  चयन हो । 

एशोसिएसनको उपाध्यक्षमा बालाराम खड्का, सचिवमा इन्द्रकला डाँगी ओली, सह सचिवमा चित्रा केसी, कोषाध्यक्षमा निर्मला खनाल र सह कोषाध्यक्षमा तोकबहादुर खत्री निर्वाचित हुनुभएको छ । 

यसैगरी सदस्यमा शालिकराम खड्का, वीरबहादुर केसी, खड्कबहादुर केसी र डिल्लीबहादुर खड्का चयन भएको अध्यक्ष ओलीले जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति