नेभिगेशन
राष्ट्रिय

शिक्षक आन्दोलन उत्कर्षमा पुगेको बेला शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ ।  शिक्षा मन्त्रालयका अनुसार मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हो ।

विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै शिक्षकहरूले आन्दोलन गरिरहेका बेला मन्त्री भट्टराईले राजीनामा दिनुभएकाे हाे । विभिन्न माग राख्दै गत चैत १५ देखि नेपाल शिक्षक महासङ्घले  निरन्तर काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलन गर्दै आएको छ ।

उहाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदमा गत २०८१ असार ३१ गते नियुक्त हुनुभएको थियो । स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको उहाँकाे सचिवालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय