नेभिगेशन
समाज

लागु औषध मुद्धामा फरार रुकुमकोटका रोका दश वर्षपछि पक्राउ

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर ६ दुदिला निवासी एक युवा पक्राउ परेका छन् । 

लागु औषध मुद्धामा फरार ३४ वर्षीय शिसिर रोकालाई जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार रोकालालाई लागु औषध (गाँजा) मुद्दामा बाँके जिल्ला अदालतको मिति २०७१ फागुन १२ गते दोषि ठहर गर्दै चार महिना २१ दिन कैद र जरिवाना तोकेर फैसला गरेको थियो । त्यस यता फरार रहेका रोकालाई आईतबार पक्राउ गरिएको हो । 

पक्राउ परेका रोकालाई रूकुमकोट जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले अनुसार रुकुम पश्चिमस्थित कारागार पठाईएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्