Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यस्ता छन् एकीकृत समाजवादी रुकुम पश्चिमको बैठकका निर्णय

tribeni2

रुकुम पश्चिम / नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रुकुम पश्चिमको दोस्रो बैठक सोमबार मुसिकोटमा सम्पन्न भएको छ ।

बैठकले पार्टीलाई कसरी अगाडि लैजान्छ भन्ने बिषयमा विचार बिमर्श सहित महत्वपूर्ण निर्णय गरेको जनाईएको छ ।

पार्टीका जिल्ला अध्यक्ष विमल कुमार पुनका अनुसार बैठकले पार्टी सदस्यता नविकरण तथा वितरण, पार्टीको संगठन गठन तथा पुनःगठन, भातृ संगठन गठन तथा पुनःगठन गर्ने र यहि मंसिर ९ र १० गते सुर्खेतमा हुन लागेको प्रदेश स्तरीय बैठक तथा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा जिल्लाबाट सहभागिता जनाउने निर्णय गरेको छ । उक्त भेलामा पार्टीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यता रहने बताईएको छ ।

बैठकमा पार्टीका पोलिटब्युरो सदस्य शेर बहादुर केसिको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य माननीय देवि ओलि विशेष आथित्यता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ०७:११
प्रतिक्रिया दिनुहोस्