नेभिगेशन
समाज

जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग 

रुकुम पश्चिमका एक युवाले जन्मदिनमा हुने फजुल खर्च बचाएर विद्यालयलाई सहयोग गर्नुभएको छ । 

जिल्लाको त्रिवेणी गाउँपालिका ७ निवासी गणेश डाँगीले स्थानीय बाल आदर्श आधारभूत विद्यालयलाई सहयोग गर्नुभएको हो । 

डाँगीले आफ्नो जन्मदिनको अवसरमा आफ्नै गाउँको विद्यालयलाई पाँच हजार रुपियाँ सहयोग गरेको जानकारी दिनुभयो । उहाँले जन्मदिनको अवसरमा गरिने खर्चलाई कटाएर विद्यालयको हित तथा व्यवस्थापनमा सहयोग गर्न उक्त सहयोग गरेको जनाउनुभयो । 

सामाजिक सेवा भाव र सहयोगको मनसायले विद्यालयको खातामा उक्त रकम जम्मा गरिदिएको उहाँले जानकारी दिनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश डाँगीले गणेशले उदाहरणिय र प्रेरक कार्य गरेको बताउनुभयो । 

उहाँको यस कार्यले अरुलाई समेत सकारात्मक सन्देश दिएको र विद्यालयलाई पनि सहयोग प्राप्त भएको उल्लेख गर्नुभयो । विद्यालयलाई जन्मदिनको महत्वपूर्ण अवसर जुटाएर आर्थिक सहयोग गर्नु महत्वपूर्ण सामाजिक कार्य भएको अध्यक्ष डाँगीको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्