नेभिगेशन
घटना/दुर्घटना

रुकुमबाट छुटेको हाइस गाडी सल्यानमा दुर्घटना, सात जना घाइते

सल्यानका यात्रुवाहक गाडी दुर्घटना भएको छ ।

शुक्रबार बिहान बागचौर नगरपालिका ५ को खालबोटमा लु २ ख ६२७१ नम्बरको हाउस गाडी दुर्घटना भएको हो । 

दुर्घटनामा पारेर सात जना यात्रु घाइते भएका छन् । 

रुकुम पश्चिमको नुवाकोटबाट नेपालगन्ज जाँदै गरेको उक्त बस खालबोटको ओरालोमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । 

इलाका प्रहरी कार्यालय थारमारेका अनुसार घाइतेहरुलाई उद्दार गरेर थारमारेस्थित अस्पतालमा लागिएको छ । 

घाइते मध्य तीन जनाको टाउकोमा चोट रहेको छ भने अन्यको हात र खुट्टामा चोट रहेको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।

घाइतेहरुको पूरा विवरण संकलन हुँदै गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना