नेभिगेशन
घटना/दुर्घटना

सल्यानमा भएको गाडी दुर्घटनाका घाईतेको विवरण खुल्यो, चालक फरार (अपडेट)

शुक्रबार बिहान सल्यानमा भएको फोर्स गाडी दुर्घटना घाईते पाँच जनाको विवरण खुलेको छ । 

रुकुम पश्चिमको नुवाकोटबाट नेपालगञ्जका लागि छुटेको लु २ ख ६२७१ नम्बरको फोर्स गाडी बागचौर नगरपालिका–५, धारपानी नजिकै राप्ती राजमार्गमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार घाइते हुनेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१२ का ४२ वर्षीय डम्मर विक, चौरजहारी नगरपालिका –१४ का २२ वर्षीय हर्कबहादुर बिक, ३० वर्षीय लोकेन्द्र केसी, त्रिवेणी गाउँपालिका –८ का २० वर्षीय हितैसी खड्का र ७ वर्षीय कपिल खड्का रहेका छन्।

दुर्घटनामा परी घाइते भएका सबैलाई स्थानीय, यातायात व्यवसायी र प्रहरीद्वारा तत्काल उद्धार गरी सहज पोलिक्लिनिक, बागचौरमा उपचारका लागि ल्याइएको र सबैको त्यहीँ उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो। अन्य दुई जना घाईतेको अवस्था सामान्य रहेको बताईएको छ । 

उहाँका अनुसार फोर्स गाडी अनियन्त्रित भई सडकमै दुर्घटनामा परेको थियो। गाडीमा १३ जना सवार थिए।

गाडी चालक बागचौर नगरपालिका–४ का ३५ वर्षीय इन्द्र ओली फरार रहेको र उनको खोजी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको खत्रीको भनाइ छ।

रुकुमबाट छुटेको हाइस गाडी सल्यानमा दुर्घटना, सात जना घाइते

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना