सोसल मिडिया
रुकुम पश्चिम / नेकपा माओवादी केन्द्र मुसिकोट नगरपालिका ६ नम्वर वडाको वडा सम्मेलनको अवसरमा २० जना व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
दोश्रो वडा सम्मेलनको अवसरमा गणतन्त्र स्थापना ,स्वतन्त्रता र मुक्तिको लागी बलिदान गर्ने सहिद परिवारजन, पूर्व जनमुक्ति सेना, पार्टीको लागि र समाजको विकासको लागि योगदान गर्ने विभिन्न व्यक्ति तथा जनप्रतिनिधिहरुलाई सम्मान गरिएको निवर्तमान वडा अध्यक्ष नारायण केसीले बताउनुभयो ।
उहाँका अनुसार सहिद परिवार तर्फ सहिद कृष्णबहादुर बोहराको परिवार, सहिद नविन बोहराको परिवार, सहिद धनबहादुर गिरीको परिवारलाई सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
पूर्व जनमुक्ति सेनाको तर्फबाट दिपक बोहरा, बिरबहादुर रावल, रबिन्द्र बोहरा र डम्बर बोहरालाई सम्मान गरिएको छ ।
त्यसैगरी वडामा पार्टी निर्माणका लागी महत्वपुर्ण योगदान गर्ने ८ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा नरेन्द्र बुढाको परिवारजन, खडानन्द शर्मा, भानु मल्ल, मोहन कुमारी बुढा, प्रेम बोहरा, सुशील गौतम, राम बहादुर बुढा, र अनिल बुढा रहनुभएको छ ।
जनप्रतिनिधिहरुतर्फ ५ जनालाई सम्मान गरिएको छ । बसन्त कुमार गौतम, गम्मरसिङ बोहरा, भद्रबहादुर बोहरा, निर्मला रशाइली र सम्झना के सिलाई उक्त अवसरमा सम्मानित गरिएको हो ।
मिलनको नेतृत्वमा नयाँ कार्यसमिति चयन
वडा सम्मेलनले मिलन बोहराको अध्यक्षतामा २९ सदस्यीय वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा निर्मला रसाइली, सचिव दिपेन्द्र महतरा, सह सचिवमा दिपक बोहरा र कोषाध्यक्षमा गणेश वि.क. चयन हुनुभएको छ ।
निवर्तमान वडाध्यक्ष नारायण केसीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका कर्णाली प्रदेश सदस्य बुद्धिप्रसाद गौतम, प्रदेश परिषद सदस्य भानु मल्ल, नगर सदस्य वसन्त गौतमको आतिथ्यता रहेको थियो ।