नेभिगेशन
समाज

नयाँ शहर आयोजनाको कामबारे अन्तरक्रिया, काममा ढिलाई नगर्न आग्रह 

रुकुम पश्चिमको चौरजहारीमा नयाँ शहर आयोजना अन्तर्गत भईरहेका कामहरु बारेमा अन्तरक्रिया गरिएको छ । 

आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक मिलन आचार्यसहितको उपस्थितिमा सरोकारवालसँग अन्तरक्रिया गरिएको हो । 

चौरजहारी नगर विकास समिति र नयाँ सहर आयोजना कार्यालयले अघि सारेका आयोजना र अबको प्राथमिकताका विषयमा साक्षात्कार गरिएको नगरपालिकका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले नयाँ सहर आयोजना अन्तर्गका योजनाहरूको भौतिक र वित्तीय प्रगति, नगर विकास समितिको प्राथमिकताका सन्दर्भमा प्रस्तुतिकरण समेत गरिएको बताउनुभयो । 

ढकालले नगर विकास समितिको काम, जग्गा एकीकरण आयोजना सम्पन्न गर्न गरेका  कार्यहरू, समस्या र चौरजहारीलाई सुन्दर शहर बनाउन नगर विकास समितिको प्राथमिकताका विषयमा प्रस्तुतिकरण गर्नुभएको  थियो । त्यसैगरी नयाँ शहर आयोजना कार्यालय चौरजहारीले सञ्चालन गरेको योजना, बजेट र प्रगतिका विषयमा नयाँ सहर आयोजना कार्यालय चौरजहारी प्रमुख गौरी पण्डितले प्रस्तुतिकरण गर्नुभएको थियोे  ।

कार्यक्रममा सहभागीहरूले घारीगाउँ जग्गा एकीकरण आयोजना सम्पन्न गर्न ढिलाइ भएको भन्दै यथाशीघ्र बाँकी काम सम्पन्न गर्न आग्रह गर्नु भएको छ  । पर्याप्त बजेट विनियोजन गरी नगर विकास समितिले प्राथमिकताका साथ अघि सारेका आयोजनालाई सम्पन्न गर्नुपर्नेमा सहभागीहरूको जोड छ ।

सहभागीहरूको जिज्ञासा र सुझावपछि कार्यक्रममा आयोजना निर्देशक मिलन आचार्यले नयाँ शहर आयोजना अन्तर्गतका योजना तथा कार्यक्रमले प्राथमिकता पाउँने प्रतिवद्धता व्यक्त गर्नुभयो । अधुरा आयोजनलाई सम्पन्न गर्ने पहिलो प्राथमिकता रहेको उहाँको भनाइ छ ।

चौरजहारी नगर विकास समिति अध्यक्ष एवम् नगर प्रमुख पुष्प वादीले अध्यक्षता गर्नुभएको कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, राजनीति दलका स्थानीय प्रमुख एवम् प्रतिनिधि, जग्गा एकीकरण आयोजना उपभोक्ता समितिका पदाधिकारी र नगरपालिका र नयाँ शहर आयोजना कार्यालयका कर्मचारीहरूको पनि सहभागीता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज