Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यान काँग्रेसको सभापतिमा ५ मत अन्तरले केशबहादुर बिष्ट विजयी

tribeni2

सल्यान / नेपाली काँग्रेस सल्यानको सभापतिमा केशबहादुर बिष्ट बिजयी हुनुभएको छ । मंगलबार बिहान सकिएको मत गणना अनुसार बिष्टले उहाँका प्रतिद्वन्दी ध्रुवराज पुरीलाई ५ मत अन्तरले पछाडि पार्दै विजयी हुुनभएको हो ।

बिष्टले जम्मा खसेको मतको ६ सय १२ प्राप्त गर्नुभएको छ भने पुरीले ६ सय ७ मत ल्याउनु भएको छ । हिजो सोमबार मतदान भएको थियो । सोमबार रातीबाट नै मतगणना सुरु भएको थियो ।

प्राप्त मत परिणाम अनुसार उपसभापतिमा चक्रबहादुर देवकोटाले ५सय ९७ र सन्तोष केसीले ६ सय २८ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।

त्यसैगरी पार्टीको सचिवमा प्रकाश भण्डारी र एकराज बुढाथोकी विजयी हुनुभएको छ । भण्डारीले ७ सय ३ र बुढाथोकीले ५ सय ५९ मत प्राप्त गर्नुभएको छ ।

सहसचिव पदका लागि भएको मतदानबाट जनकराज गौतम र पदमबहादुर बुढाथोकी विजयी हुनुभएको छ ।

सल्यान काँग्रेसको जिल्ला कार्यसमितिमा सभापति, उप सभापति, सचिव र सह सचिव पदका लागि हिजो मतदान भएको थियो । अन्य पदहरुमा भने सहमति भएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १२:११
प्रतिक्रिया दिनुहोस्