Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटबाट मेला हेर्न रुकुम गएका एक युवाको हत्या, ५ जना पक्राउ

tribeni2

जाजरकोट / मेला हेर्न भनि गएका जाजरकोटमा एक युवकको हत्या भएको छ । जाजरकोटको भेरी नगरपालिका ३ स्याला निवासी १८ बर्षिय प्रकाश जंग शाहको हत्या भएको प्रहरीले जनाएको छ । तीन दिन अघि रुकुम पश्चिमको आठवीसकोट नगरपालिका बाम्नीखेतमा लाग्ने मेला हेर्न गएका शाहको हत्या भएको हो ।

भेरी नगरपालिका १ रावतगाँउ तथा कोलचौरका केही युवाहरु र मृतक शाह सहितका साथीहरुसँग विवाद भएको थियो । विवाद बढ्दै जाँदा उनीहरु विच गत मंसिर ३ गते मेलामै हात हालाहाल समेत भएको थियो । केही बेरपछि मिलापत्र गरेका उनीहरु विच बेलुका पुनः झगडा भएको थियो ।

झगडा परेपछि अन्य साथीहरु भागेर ज्यान बचाउन सफल भएपनि प्रकाश घर नफर्केपछि खोजी तलासी गर्दा तीन दिन पछि भेरी नगरपालिका १ कालेगाँउ नजिक भेरी नदीको खोचमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको टाउकोमा गहिरो चोट लागेको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा मेलामा विवाद गर्ने मध्यका भेरी नगरपालिका १ कोलचौरका सर्जन खत्री, शिवराज परियार र सन्तोष परियारलाई पक्राउ गरेको छ । त्यस्तै भेरी नगरपालिका १ कालेगाँउका दिनेश केसी र कुशे २ घर भई भेरी १ रावतगाँउ बस्ने केश बहादुर बुढालाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरु सवैलाई अदालतबाट म्याद थपाएर घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले बताउनुभयो ।

घटनाको प्रकृति, लासको पोष्र्टमार्टम रिपोर्ट र कलडिटेलका आधारमा अनुसन्धान अघि बढाइने डिएसपी थापाको भनाई छ ।

घटनाबारे बुझ्नका लागि नियन्त्रणमा लिईएका अन्य ५ जनालाई सामान्य सोधपुछ पछि छोडिएको प्रहरीको भनाई छ । मृतक प्रकाश स्थानीय त्रिभुवन मावि खलंगामा ११ कक्षामा अध्ययरत थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्