Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

काँग्रेस रुकुम अधिवेशन : सहमतिको लागि बन्द सत्र मार्फत कार्यदल गठन

भोलि बिहान ७ बजे सम्म सहमति गरिसक्ने म्यान्डेड
tribeni2

रुकुम पश्चिम /  नेपाली कांग्रेस रुकुम पश्चिमको सातौं जिल्ला अधिवेशन अन्तर्गत चलेको बन्द शत्रले सहमतिको लागि एक कार्यदल गठन गरेको छ ।

पूर्व राज्यमन्त्री गोपाल जि जंग शाहको संयोजकत्वमा सहमतिको लागि कार्यदल बनाएको श्रोतले जनाएको छ । कार्यदलमा नेताहरु मानबहादुर नेपाली, प्रेमप्रकाश ओली र कृष्णबहादुर रोकाय हुनुहुन्छ । कार्यदलले सहजिकरण गर्नको लागि ६ ओटा पालिकाका सभापतिहरुलाई आमन्त्रण गर्ने जनाईएको छ ।

कार्यदलले भोलि बिहान ७ बजे सम्म सहमति जुटाईसक्ने म्यान्डेड पाएको छ । बिहानै बाट सुरु हुने भनिएको बन्द सत्रको कार्यक्रम महिला संघद्धारा आयोजित चियापान कार्यक्रम जुधेर दिउँसो अवेर सुरु भएको हो ।

बन्द शत्रमा पार्टीको गतिविधिका समिक्षा, नयाँ योजना निर्माण, कार्यान्वयन र नीतिका विषयमा छलफल भएको बताइएको छ । हिजो सोमबार मुसिकोटमा सातौ अधिववेशन भव्य रुपमा उद्घाटन भएको थियो ।

सातौ जिल्ला अधिवेशनले जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्य समिति र प्रदेश प्रतिनिधि छनौट गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्