Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जन्म दिनमा सामाजिक काम गर्ने सुर्खेतका उदाहरणीय जनप्रतिनिधि

tribeni2
  • इन्द्र बुढाथोकी

सल्यान / हरेक जन्मदिनको अवसरमा समाजिक कार्यगर्दै आईरहनु भएका सुर्खेतको सिम्ताका युवा नेताले यस पटक पनि उदाहरणीय काम गर्नुभएको छ ।

सिम्ता गाउँपालिका ३ नम्वर वडा निवासी युवा नेता लोकवहादुर शाहीले यसपालिको जन्मदिनमा अवसरमा आफ्नै वडाको धार्मिक स्थलमा तारवार र गेट निर्माण कार्य गर्नुभएको छ ।

उहाँले स्थानीय देउलिबजार धार्मिक स्थलमा गेट सहित तारबारले घेरबार गर्ने कार्य गर्नुभएको छ । उहाँले यसका लागि २५ हजार रकम खर्चेको बताउनुभयो ।

उहाँले प्रयेक बर्ष जन्मदिनको दिन धार्मिक स्थल, सार्वजनिक क्षेत्र, गरिबी विद्यार्थीलाई केही आर्थिक सहयोग गर्दै आउनुभएको छ । राजनीतिक रुपले उहाँ सिम्ता गाउँपालिका वडा नं ३ को एमालेको वडा सचिव, जनप्रतिनिधिको रुपमा वडा सदस्य , स्थानीय नेपाल राष्टिय मावि लापुका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुनुहुनछ ।

उहाँले आफुले जनप्रतिनिधिको रुपमा प्राप्त गर्ने रकम जन्मदिनको अवसरमा समाजिक क्षेत्रमै खर्चने गर्नुभएको छ ।

यस अघिका बर्षहरुमा उहाँले सिम्ता गाउपालिका ३ नेपाल राष्ट्रिय माबि लापुमा स्वर्गीय दाइ यामु शाहिको सम्झनामा ५० हजारको अक्षयकोष, आमाबुबाको सम्मानमा झ्याम निमाविमा २५ हजारको अक्षयकोष, काक्रेतरा प्रावि २७ हजार, साइकल यात्री बालकृष्ण शाहिलाई ३० हजार, सिम्ता क्याम्पस राकमलाइ १० हजार, सिम्ताली एकता समाज लाई ५ हजार सहयोग गर्नुभएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्