Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शैक्षिक कार्यक्रम बारे अभिमुखिकरण

tribeni2

रुकुम पश्चिम / मुसिकोट खंलगा वहुमुखि क्याम्पसले आगामी शैक्षिक सत्रका कार्यक्रमहरुका विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बुधवार मुसिकोट खंलगामा आयोजना गरिएको उक्त कार्यक्रममा क्याम्पसले संचालन गर्ने शैक्षिक कार्यक्रम तथा विश्वविद्यालयको समग्र शैक्षिक कार्यक्रमबारे अभिमुखिकरण गरेको हो ।

नयाँ शैक्षिक सत्रमा सहभागि विद्यार्थीहरुलाई विश्वविद्यालयको कार्ययोजना र क्याम्पसले संचालन गर्ने विभिन्न शैक्षिक कार्यक्रमहरुको वारेमा जानकारी दिन अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको मुसिकोट वहुमुखि क्याम्पसका प्रमुख बुद्धिप्रसाद गौतमले जानकारी दिनु भयो ।

मध्यपश्चिम विश्वविद्यालयको आंगिक यस क्याम्पसमा स्नातकतहमा शिक्षाशास्त्र संकाय, मानविकी तथा समाजशास्त्र संकाय र ब्यबस्थापन संकायका विभिन्न कार्यक्रमहरु संचालित हुदै आएका छन भने स्नातकोत्तर तहमा शिक्षा संकायतर्फका शिक्षा पाठ्क्रम तथा मुल्याङ्कन, स्वास्थ्य शिक्षा, नेपाली शिक्षा र अंग्रेजी शिक्षामा अध्ययन हुदै छ ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय स्थापना, लक्ष्य, उदेश्य, शैक्षिक कार्यक्रम लगायतका विषयमा अभिमुखिकरण गरिएको थियो ।

क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतमको प्रमुख आतिथ्यता र विभागिय प्रमुख ढुण्डीराज शर्माको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा पूर्व क्याम्पस प्रमुख मुकुन्द शर्मा, विभागिय प्रमुख टेकवहादुर ओली, हरिविष्णु शर्मा, सुचना प्रविधी प्रमुख डम्वर वहादुर खड्का लगायतले विश्वविद्यालयका शैक्षिक कार्यक्रम र शिक्षण प्रविधी वारे प्रस्तुतिकरण गर्नु भएको थियो ।

एक सय भन्दा वढि विद्यार्थीहरु सहभागि उक्त कार्यक्रमको संचालन उपप्राध्यापक हर्कवहादुर ओलीले गर्नु भएको थियो । मंसिर ८ गते देखि आगामी शैक्षिकसत्रका नियमिति कक्षहरु संचालन हुने क्याम्पसले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १३:११
प्रतिक्रिया दिनुहोस्