Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जुम्लाको काँग्रेस सभापतिमा कर्ण बहादुर शाही बिजयी

tribeni2

जुम्ला / नेपाली कांग्रेस जुम्लाको ७ औँ अधिवेशनमा जिल्ला सभापतिमा कर्ण बहादुर शाही बिजयी हुनुभएको छ । कडा प्रतिस्पर्धामा उत्रिएका दिप बहादुर शाहीलाई ५ मतले पराजित गर्दै कर्णबहादुर शाही बिजयी हुनुभएको हो ।

कर्णबहादुरले ४ सय ७४ र दिपबहादुर शाहीले ४ सय ६९ मत प्राप्त गर्नुभएको जनाईएको छ । दिपबहादुर शाही यस अघिका जिल्ला सभापति हुनुहुन्छ ।

तत्कालीन कांग्रेस सभापति मानव सेजुवालको नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएपछि दिपबहादुरले कार्यवाहक सभापतिको जिम्मेवारी पाउनुभएको थियो । उहाँ यो पटक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबाट सभापतिको उमेद्वारीमा हुनुहुन्थ्यो ।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा प्यानलबाट सभापतिको उम्मेदवारी घोषणा गरेका कर्णबहादुर शाही यस अघिका कांग्रेस जुम्लाका सचिव हुनुहुन्छ ।

उप सभापतिमा दिपक शाही र कार्मा बुढा, सचिवमा गोल्डेन कठायत र लक्ष्मण शाही, सहसचिवमा धनेन्द्र बोहोरा र नन्दप्रसाद चौलागाई विजयी हुनुभएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १३:११
प्रतिक्रिया दिनुहोस्