Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बलात्कार आरोपी एक युवा पक्राउ

tribeni2

रुकुम पश्चिम /बलात्कारको आरोप लागेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लाको आठविसकोट नगरपालिका वडा नं. १० मारीकाट्टेका १९ बर्षिय खड्क बहादुर परियारलाई पक्राउ गरिएको हो ।

परियारले गत असार १८ गते राती १ बजे को समयमा घरमा सुतिरहेकी २४ बर्षिय एक महिलालाई कोठामा गएर जवरस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
त्यस सम्बन्धि उजुरी प्राप्त भएको र आरोपी फरार रहेका थिए ।

फरार रहेको प्रतिवादीको खोजतलासको क्रममा आज निजकै घर वतनमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताउनुभयो ।

आरोपी परियारलाई प्रहरी कार्यालयको हिरासत कक्षमा राखि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्