Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
काँग्रेस रुकुम अधिवेशन

सभापतिमा प्रेम प्रकाश ओलि सहित कार्यदलको सहमति अनुसार मनोनयन दर्ता

जिल्ला र प्रदेश पदाधिकारीको नाम मात्र टुंगियो
tribeni2

रुकुम पश्चिम / नेपाली काँग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा प्रेम प्रकाश ओलीको नाम टुंगो लागेको छ ।

नेपाली काँग्रेस रुकुमको सातौ जिल्ला अधिवेशनबाट चयन हुने नयाँ कार्यसमति सर्वसम्मत बनाउन गठन गरिएको कार्यदलले ओलीलाई पुनः सभापति बनाउन सहमति गरेको हो । पूर्व राज्य मन्त्री गोपाल जि जंग शाहको नेतृत्वमा गठित कार्यदलले सहमति गरेपछि निर्वाचन समितिले चुनावी प्रक्रियामा लिएको बुझिएको छ ।

जानकारी अनुसार कार्यदलले सहमति गरेको आधारमा निर्वाचन समिति समक्ष मनोनयन दर्ता गर्ने काम भएको छ । सभापतिमा प्रेम प्रकाश ओली सँगै उपाध्यक्षमा हर्कसिं खत्री र सुरतजंग मल्ल, सचिवमा परमेश्वर भण्डारी र तारक शाही, सह-सचिवमा यज्ञ बिष्ट र प्रेमबहादुर खड्काको नाम मनोनयनमा परेको छ । सहमतिबाटै नाम टुंगो लागेकोले उहाँहरु नै पदाधिकारीमा आउने निश्चित भएको छ ।

मनोनित गर्ने प्रावधान रहेको जिल्ला कोषाध्यक्ष पदमा पुनः मोहबिर खड्का दोहोरिने चर्चा रहेको छ ।

यसैगरी प्रदेश निर्वाचन क्षेत्रको पदाधिकारीहरुको नाम पनि टुंगो लगाएर मनोनयन प्रक्रियामा लगिएको बताइएको छ । प्रदेश निर्वाचन क्षेत्र नं. क को सभापतिमा महेन्द्र केसी र ख को सभापतिमा भद्रबहादुर बिष्टलाई सहमति गरिएको बताईएको छ ।

मनोनयन प्रक्रिया पछि आज राति नै निर्वाचन समितिले जिल्ला र प्रदेश कार्यसमिति घोषणा गर्न सक्ने नभए भोलि बिहान मात्र घोषणा हुने छ । प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिमा भने सहमति हुन सकिरहेको छैन । अहिले पनि सहमतिको लागि छलफल भैरहेको बताईएको छ ।

गत सोमबार अधिवेशनको उद्घाटन पछि सहमति मार्फत नेतृत्व चयन गर्ने भन्दै नेताहरु छलफल केन्द्रित भएका थिए । मंगलबार भएको बन्द सत्रले सहमतिको लागि एक कार्यदल बनाएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्