Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कार्यालय नखुल्दै प्रशासनमा नागरिकता बनाउनेको लाईन

नागरिकता बनाउन, राहहदानीको सिफारिस लिन दुई दिन सम्म लागेकाे गुनासो
tribeni2

रुकुम पश्चिम / जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा एक साता यता सेवाग्राहिको अत्याधिक चाप बढेको छ । नागरिकता बनाउन, प्रतिलिपी निकाल्न, राहदानीको सिफारिस लिन र अन्य सेवाको लागि आउँने सेवाग्राहिको चाप रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।


सेवाग्राहिहरु बिहानै देखि जिल्लाका प्रशासन कार्यालयको गेटमा लाईन लागेका छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाका अनुसार एक साता यता दैनिक करिब दुई सय सेवाग्राहिको काम भैरहेको छ ।

उहाँका अनुसार केहि बर्ष यता प्रशासन कार्यालयमा यस्तो सेवाग्राहिको भिडभाड भएको थिएन । कर्मचारीहरुले कार्यालय सम्म भन्दा पहिला र बेलुका ६ बजेसम्म बसेर काम गर्नुपरेको उहाँको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय नागरिकता शाखाका अनुसार एक साता यता दैनिक करिब ९० नयाँ नागरिकता र करिब ४० ओटा नागरिकताको प्रतिलिपी लिन आउनेहरुको तथ्यांक छ । त्यसैगरी राहदानीको लागि दैनिक ६५ जनाको सिफारिस हुने गरेको कार्यालयले जनाएको छ । नावालक सिफारिस लिन आउनेहरुको संख्या समेत बढि रहेको छ ।

चाडपर्व तथा मेलाको अवसर पारेर जिल्ला बाहिरबाट आएका र जिल्लामा रहेका समेत सर्वसाधारणहरु सेवा लिन आउने गरेकोले भिडभाड बढेको बताईन्छ ।

सर्वसाधारणहरुले नागरिकता बनाउन, राहहदानीको सिफारिस लिन दुई दिन सम्म लागेकाे गुनासो गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १०:११
प्रतिक्रिया दिनुहोस्