Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शहिद पुत्र 'प्रेम प्रकाश ओली' काँग्रेस रुकुमको सभापतिमा निर्विरोध निर्वाचित (प्रदेश र जिल्ला कार्यसमितिको विवरण)

प्रदेश र महाधिवेशन प्रतिनिधिको टुंगो अझै लागेन
tribeni2

रुकुम पश्चिम / नेपाली काँग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा प्रेम प्रकाश ओलीको निर्विरोध निर्वाचित हुनुभएको छ । बिहिबार दिउँसो नेपाली काँग्रेस रुकुम पश्चिमको पार्टी कार्यालयमा निर्वाचन समितिले उहाँलाई निर्विरोध सभापतिमा निर्वाचित भएको घोषणा भएको हो ।

नेपाली काँग्रेस रुकुमको सातौ जिल्ला अधिवेशनबाट उहाँ पुनः सभापति पदमा दोहोरिनुभएको हो । ओली सहिद हरिभक्त ओलीका एकमात्र छोरा हुनुहुन्छ ।

निर्वाचन समितिले उपाध्यक्षमा हर्कसिं खत्री र सुरतजंग मल्ल, सचिवमा तारक शाही र परमेश्वर भण्डारी, सह सचिवमा यज्ञ बिष्ट र प्रेमबहादुर खड्काको घोषणा गरेको छ ।

कोषाध्यक्ष पदमा भने मनोनित गर्ने प्रावधान रहेको छ । 

जिल्ला सदस्यहरुमा कालुराम खड्का, हिरा गहतराज, बिजय थापा, जनकबहादुर बटाला, लालकुमारी खड्का, विजय बिष्ट, दिपक कुमार शाही, नरेन्द्रजंग शाह, योगमाया बिष्ट, कल्पना बस्याल, लिलबहादुर खड्का चयन हुनुभएको छ । त्यसैगरी तुल्सीराम बुढाथोकी, शुसिला गिरी घर्ति, टेकबहादुर बिक, बेदप्रकाश खड्का, टोपबहादुर खड्का, नरजंग ओली, बासना गिरी ओली, दिलमाया डाँगी, टेकबहादुर पुन, बालकृष्ण भाट, शम्भुप्रसाद शर्मा सदस्य पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसका साथै नम्रता परियार, बिरबल केसी, खम्बु खड्का, गणेश कुमार चन्द र षडानन्द गौतम सदस्यमा निर्विरोध चयन हुनुभएको छ ।

दुई ओटा प्रदेश निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा काँग्रेसले सहमतिमै प्रदेश समिति चयन गरेको छ ।

प्रदेश निर्वाचन क्षेत्र क को सभापति महेन्द्र केसी निर्विरोध निर्वाचित हुनुभएको छ । उप सभापति रामबहादुर चन्द र टिकाराम शाही, सचिवमा लालबहादुर भण्डारी, इन्द्रबहादुर खत्री चयन हुनुभएको छ भने सह सचिव टेकबहादुर बिसी चयन हुनुभएको छ ।

प्रदेश निर्वाचन क्षेत्र ख को सभापतिमा भद्रबहादुर बिष्ट निर्विरोध निर्वाचित हुनुभएको छ भने उपसभापति कमलजंग बिक, हरिबहादुर खड्का निर्विरोध चयन हुनुभएको छ ।

त्यसैगरी सचिव पदमा इन्द्रबहादुर खड्का र महेश ओली चयन हुनुभएको छ भने सह सचिव पदमा रामबहादुर खड्का र शक्तिबहादुर शाही चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्