Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेका शिक्षकहरुको अभिलेख तयार हुने

प्रधानाध्यापकहरुले राखे तमाम् समस्या
२०७८ मंसिर ९
tribeni2

रुकुम पूर्व / जिल्लाको सिस्ने गाउँपालिका अन्तर्गत रहेका ४० वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालयहरुमा अध्यापन गराइरहेका शिक्षकहरुको अभिलेख बनाईने भएको छ ।

सिस्ने गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि छलफल तथा प्रतिवेदन तयार पार्न बोलाएको प्रधानाध्यापकहरुको बैठकमा अभिलेख तयार पार्ने निर्णय भएको हो ।

गाउँपालिकामा रहेका विद्यालयमा कार्यरत शिक्षकहरुको विवरण नभएकाले मंसिर २५ गते भित्र सबै शिक्षकहरुको विवरण तयारी पारी शिक्षा युवा तथा खेलकुद शाखामा बुझाउने निर्णय भएको शिक्षा शाखा प्रमुख मंगलसिंह बुढाले जानकारी दिनुभयो ।

बैठकले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रतिवेदन तयार पार्ने निर्णय समेत गरेको छ । जसका लागि हेडलाइट प्राली काठमान्डौँले सहजिकरण गर्ने भएको छ ।

विद्यालयमा देखिएका समस्या, चुनौती, सवल र दुर्वल पक्षहरुको पहिचान गरी समाधानका लागि प्रतिवेदन तयारी पार्न हेडलाइट प्रालीका संयोजक टेकम खड्काले सहिजकरण गर्नु हुनेछ । प्रतिवेदन तयार पारी मन्त्रालयमा पठाइने गाउँपालिकाले जनाएको छ ।

प्रधानाध्यपकले राखे समस्या

यसैगरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले विषयगत तालिम प्राप्त शिक्षक नहुँदा समस्या भएको बताएका छन् । बैठकमा सहभागि ४० वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले विद्यार्थी संख्याको तुलनामा आवश्यक शिक्षक जनशक्ति नहुँदा शैक्षिक गुणस्तर सुधारमा चुनौती देखिएको बताएका हुन् ।

प्रधानाध्यापकहरुले ग्रामीण भेगमा रहेका विद्यालयहरुमा आवश्यक भौतिक पूर्वाधार अभाव, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव नहुनु जस्ता समस्याले गर्दा विद्यार्थीहरुको अध्ययन अध्यापनमा समस्या भएको बताएका हुन् । त्यसैगरी अधिकांश विद्यालयहरुमा खानेपानीको समस्या रहेको समेत उनिहरुले गुनासो गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्