Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यस्तो छ क्याप्टेनको नयाँ गीत (भिडियो)

काठमाडौ‌ं २५ फागुन
tribeni2

फिल्म क्याप्टेनको नयाँ गीत रिलिज भएको छ । सक्दिन कि बाँच्न बोलको गीतमा अनमोल दोहोरो प्रेममा परेको देखाईएको छ । सुमन केसी र दिपा लामाको आवाजमा रहेको उक्त गीतमा दिग्गज धौरालीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ ।

निकै रोमाण्टिक भावमा निर्माण भएको उक्त गीतमा अनमोल डेब्यु नायिकाहरु उपासना सिंह ठकुरी र प्रियंका एमभीसंग फिचर्ड रहेका छन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा प्रियंकाभन्दा उपासनालाई बढि प्राथामिकता दिईएको छ । यस गीतले अनमोलको प्रेम वास्तवमा उपासना की प्रियंका भन्ने फिल्म नहेरेकाहरुलाई कौतुहल्ता जगाउछ ।

फिल्मले ३ दिनमा नै २ करोड ४० लाख कलेक्सन गरिसकेको छ भने यसको कलेक्सन अझै बढ्ने सम्भावना छ । अनमोलका फ्यानहरु धेरै भएकाले पनि क्याप्टेनलाई दर्शकको साथ मिलिरहेको छ ।

१ करोड ८० लाख को बजेटमा निर्माण भएको यो फिल्मले नेपाल रिलिजबाट नै लगानी सुरक्षित गर्ने अनुमान गरिएको छ । भुवन केसीको निर्माण तथा दिवाकर भट्टराईले निर्देशन गरेको क्याप्टेनमा अनमोल केसी ,उपासना सिंह ठकुरी, प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  १३:०३
प्रतिक्रिया दिनुहोस्