Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

किसानका खातामा हरेक दिन पैसा आउँछ : अर्थमन्त्री शर्मा

२०७८ मंसिर १०
tribeni2

रुकुम पश्चिम / अर्थमन्त्री जनार्दन शर्माले किसानको खातामा हरेक दिन पैसा आउने दिन आएको बताउनुभएको छ । आज रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ नम्वर वडामा डेरी प्लान्ट (दुध उद्योग)को शिलान्यास गर्नुहुदै अर्थमन्त्री शर्माले समाजको समृद्धि कृषि क्रान्ति र उत्पादनको माध्यामबाट हुने बताउनुभयो ।

स्यार्पु पावर कम्पनी लिमिटेड अन्तर्गतको स्यार्पु कृषि कम्पनि लिमिटेडद्धारा २३ करोडको लागतमा निर्माण हुन लागेको उक्त उद्योगको शिलान्यास गर्नुहुदै अर्थमन्त्री शर्माले कृषि मार्फत आर्थिक गतिविधिलाई चलायमान बनाउन उद्योग सफल साबित हुने बताउनुभयो ।

‘कृषि उत्पादनलाई प्रोत्साहन गरिनुपर्छ’ अर्थमन्त्री शर्माले भन्नुभयो ‘उद्योग छिटै सञ्चालनमा आउनेछ र कृषकको हात हातमा पैसा जानेछ ।’ उहाँले हरेक किसानका घर घरमा उन्नत गाई र भैसी पालन हुने र उत्पादन भएको दुध प्रशोधन गरेर मुनाफा किसानलाई नै दिने बताउनुभयो ।

स्यार्पु पावर कम्पनीका प्रमुख प्रदिप ओलीले उद्योगमा प्रतिदिन ४० हजार लिटर दूध प्रशोधन गरिने लक्ष्य राखेको बताउनुभयो । उहाँले ३६ हजार लिटरको छुर्पि बनाएर बिदेश निर्यात गरिने र ४ हजार लिटरको फ्लेबर मिल्ड बनाएर बजारीकरण गरिने बताउनुभयो ।

भवन निर्माणको पहिलो चरणको काम गर्ने गरी गरी भवन निर्माणको ठेक्का पाएको हिमालयन कुवँर जेभीले ६ महिनामा भवन निर्माण सम्पनन गर्ने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्