Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनार्दन शर्माले रुकुममा भने - 'मैले बाटो बिराए भने जनताले खबरदारी गर्नुहोला'

मुसिकोट, त्रिवेणी, सानीभेरी र चौरजहारीमा माओवादी केन्द्रको सम्मेलन सुरु
२०७८ मंसिर १० 
tribeni2

रुकुम पश्चिम / नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरले आफुले जनताको मतको बेवास्ता गरेर कहिकतै बाटो बिराएको भए आफुलाई खबरदारी गर्न आग्रह गर्नुभएको छ ।

अर्थमन्त्री समेत रहनुभएका शर्माले माओवादी केन्द्र रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको दोश्रो सम्मेलन उद्घाटनमा बोल्नुहुदै शर्माले आफु आफ्नो कारणले अर्थमन्त्री नभएर जनताको तागतले भएको बताउनुभयो ।

उहाँले माओवादी केन्द्रको एजेण्डाको कारण मुलुकका सबै खाले परिवर्तन भएकोले ऐतिहासिक उपलब्धिहरुको रक्षा गर्न जनताकै बिचमा आउनुपर्ने अवस्था समेत आएको बताउनुभयो । उद्घाटन कार्यक्रममा अर्थमन्त्री शर्माले श्रम, उत्पादन र रोजगार तथा सामाजिक, सास्कृतिक रुपान्तरणको अभियानमा लाग्न नेता कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा उहाँले योजना बनाउन र काम गर्न सक्ने नयाँ पुस्ता अवको पार्टी नेतृत्वमा चाहिएको भन्दै सोहि अनुसार काम गर्न सक्ने मान्छेलाई नेता चुन्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । आजै उहाँले सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिमा आयोजित पार्टीको सम्मेलनलाई उद्घाटन गर्नुभएको छ ।

मुसिकाेटकाे सम्मेलन भने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम इन्चार्ज बसन्त शर्मा ‘कुशल’ले उद्घाटन गर्नुभएको छ । नगरकाे सम्मेलन वडा नम्बर ५ को शेरिगाउँमा रहेको शहीद प्रतिष्ठानको सभाहलमा चलिरहेको छ । 

सम्मेलनबाट निर्वाचित नयाँ नगर कमिटीको पर्सी आईतबार जनार्दन शर्माले मुसीकोटमा घोषणा गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र मुसीकोट नगर कमिटीले जनाएको छ । 

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्