Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राप्रपा रुकुम पूर्वद्वारा महाधिवेशन प्रतिनिधि छनौट

२०७८ मंसिर १०
tribeni2

रुकुम पूर्व / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुकुम पूर्वले महाधिवेशन प्रतिनिधिहरुको नाम टुंगो लगाएको छ ।

यहि मंसिर १५ गते देखि १७ गते सम्म काठमाडौमा हुने पार्टीको महाधिवेशनको लागि प्रतिनिधिहरु छनौट गरेको राप्रपा रुकुम पूर्वका अध्यक्ष सुधिर बिक्रम शाहले बताउनुभयो । उहाँका अनुसार २० जना प्रतिनिधिहरु महाधिवेशनको लागि छनौट गरिएको छ ।

अध्यक्ष शाह सहित केशव चन्द समाल, मदन सिह ठकुरी, जोडे बुढा, निलम शाह, भक्ती पुन, पुतला शाहि, निर्मला पुन, हिरा शाह सुबन कुमार बिक र माधव शाही प्रतिनिधिमा छनौट हुनुभएको छ ।

त्यसैगरी छनौट भएका अन्य महाधिवेशन प्रतिनिधिहरुमा देवराज गौतम, अमर बहादुर शाही, खिमबहादुर खत्री, धनराज बुढा, सुधिर कुमार शाह, गोर्खबहादुर शाह, रिषिकेश शाह, रेशम चन्द, सुवास आचार्य राप्रपाको महधिवेशन प्रतिनिधिमा छनौट हुनुभएको पार्टी अध्यक्ष शाहले जानकारी दिनुभयो ।

पार्टीका सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधि छनौट गरेको अध्यक्ष शाहको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्