Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रधानाध्यापकलाई कालोमोसो दलियो

२०७८ मंसिर १०
tribeni2

जाजरकोट / अखिल (क्रान्तिकारी) जाजरकोटले शिक्षकको अनुहारमा कालोमोसो दलेको छ । लामो समयदेखि भ्रष्टाचारमा संलग्न रहेको भन्दै नेकपाको भातृ संगठन अखिल क्रान्तिकारीले शिक्षकमाथी कालोमोसो दलेको हो ।

आज संगठनले जाजरकोटको नलगाड नगरपालिका १ मा रहेको वीरेन्द्र हिमालय माध्यमिक विद्यालयका प्रधानध्यापकलाई कालोमोसो दलेको बताएको छ । कालोमोसो दलिएका प्रधानाध्यापक सोही नगरपालिका १२ का चन्द्रबहादुर केसी हुन् ।

अखिल क्रान्तिकारीले भ्रष्टाचार गरेकाले उनलाई संगठनले कालोमोसो दलेर जनकारबाही गरेको बताएको छ । संगठनले सरकारी विद्यालय ध्वस्त पार्ने भ्रष्टाचारीहरुलाई क्रमशः जनकारबाही गर्ने जानकारी दिएको छ । -जन आस्थाबाट

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १९:११
प्रतिक्रिया दिनुहोस्