Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका एक कुशल व्यवसायीको दुर्घटनामा परेर मृत्यु

२०७८ मंसिर ११
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा एक व्यवसायीको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । 

जिल्लाको मुसिकोट नगरपालिका १४ नम्वर वडा निवासी ४० बर्षिय भिमबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरिक्षक ध्रुवकुमार श्रेष्ठका अनुसार सानीभेरी गाउँपालिकाको ११ नम्वर वडाको बाघखोरमा व्यापार गर्ने खत्री शुक्रबार राती दुर्घटनामा पर्नुभएको हो । रा ५ प ४३४६ नम्बरको मोटरसाईकलमा सवार उहाँको घटनास्थलमै मृत्यु भएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

दिउँसो सामाजिक कार्यहरुमा सहभागि भई साँझ ब्यापार गर्ने स्थानमा फर्कदै गर्दा छिवांगको पानीगैरा भन्ने ठाँउमा मोटरसाईकल दुर्घटनामा परेको बताईएको छ । प्रहरीका अनुसार मोटरसाईकल दुर्घटना भएर ३ मिटर तल खसेको थियो ।

परिवारका सदस्यहरुले भने घटना शंकास्पद रहेको बताएका छन् । खत्रीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले ल्याईएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  ०८:११
प्रतिक्रिया दिनुहोस्