Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गजल - जि.एम. दिपु देपेन्द्र

२०७८ मंसिर ११
tribeni2

गजल

सरकारले दिएको यत्ति मात्रै निशानी रहेछ 

एउटा नागरिकता र अर्को राहदानी रहेछ ।

 

बाँच्नकै लागि भए पनि ईमान छोड्नु पर्यो 

आफ्नो त भाग्य जन्मजातै बेइमानी रहेछ ।

 

पुर्खौ देखि नै खनिरहेको केही फाँट थियो 

नाँपेर हेर्दा आज त्यही पनि ऐलानी रहेछ ।

 

कोही मर्छन् यहाँ भोकले कनिका नपाएर 

कोहीकाे भने त्यो चन्द्रमासम्म लगानी रहेछ ।

 

खुसी थिए म अघी हजुरको स्वागत सम्झेर 

पछि थाह भयो त्यो गरेको त सुनपानी रहेछ

- जि.एम. दिपु देपेन्द्र

चौरजहारी न.पा. ११, रुकुम पश्चिम

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  ०९:११
प्रतिक्रिया दिनुहोस्