Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माओवादी केन्द्र बाँफिकोट र आठबिसकोटको सम्मेलन सुरु

२०७८ मंसिर ११
tribeni2

रुकुम पश्चिम / नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिको दोस्रो गाउँ तथा नगर सम्मेलन उद्घाटन भएको छ ।

आज बिहान बाँफिकोट र दिउसो आठबिसकोटको पालिका स्तरिय सम्मेलन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरले उदघाटन गर्नुभयो ।

उद्घाटन सत्रमा बोल्नुहुँदै सरकारका अर्थमन्त्री समेत रहनु भउका शर्माले विगतको संघर्षबाट प्राप्त अधिकारको उपयोग जनताले गर्न पाउनुपर्ने बताउनुभयो । शर्माले श्रम, रोजगार र उत्पादनमा तथा समाजिक सास्कृतिक रुपान्तरणको अभियानमा लाग्नुपर्ने समेत बताउनुभयो ।

घर घरमा स्वरोजगारका र उत्पादनका कार्यहरु धमाधम सुरु भएकोले अब जनता आर्थिक रुपले समृद्ध हुनुपर्ने अर्थमन्त्री शर्माले उल्लेख गर्नुभयो ।

उद्घाटन पछि सम्मेलन औपचारिक रुपमा सुरु भएको बताईएको छ । 

हिजो जिल्लाको त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकोको पालिका स्तरिय सम्मेलन शर्माले नै उद्घाटन गर्नुभएको थियो ।

मुसिकोटको दोश्रो सम्मेलन भने पार्टीका केन्द्रिय सदस्य बसन्त शर्माले उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्