सोसल मिडिया
सुर्खेत / नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) निकट अखिल नेपाल महिला संघको कर्णाली प्रदेश अध्यक्षमा माननीय देवी ओली चयन हुनुभएको छ ।
हिजो शुक्रबार सुर्खेतमा भएको पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रमबाट ओलीको अध्यक्षतामा १ सय ५१ सदस्यीय प्रदेश कमिटि गठन गरिएको छ । रुकुम पश्चिम निवासी ओली कर्णाली प्रदेश सभाको सदस्य समेत हुनुहुन्छ ।
संघको उपाध्यक्षमा लक्ष्मी शर्मा र डिलकुमारी चन्द, सचीव धना कुमारी जि.सि शाही, सहसचिव शारदा परियार र कोषाध्यक्ष शान्ता शाही चयन हुनुभएको बताईएको छ ।
नेकपा समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संगठनको प्रदेश इन्चार्ज बिजया बिष्टको अध्यक्षतामा भएको थियो ।
भेला तथा प्रशिक्षण कार्यक्रममा अनेमा संघ (समाजवादी)का केन्द्रिय अध्यक्ष जयन्ती राईको बिशेष आतिथ्यता रहेको थियो भने कार्यक्रमको सन्चालन केन्द्रिय सचीव पार्वती बिसुन्खेले गर्नुभएको थियो ।
प्रदेश समितीलाई शुक्रबार नै केन्द्रिय अध्यक्ष राइले सपथ ग्रहण पनि गराउनुभएको छ ।