Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बनगाडमा माओवादी केन्द्रको नगर सम्मेलन सुरु

२०७८ मंसिर ११
tribeni2
  • इन्द्र बुढाथोकी

सल्यान / शनिबार माओवादी केन्द्र बनगाड कुपिण्डे नगरपालिका सल्यानको दोश्रो नगर सम्मेलन सुरु भएको छ ।

सम्मेलनलाई सम्बोधन गर्नुहुदै माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य तथा सल्यान जिल्ला इन्चार्ज कर्ण बहादुर बुढाथोकीले पार्टीमा आन्तरिक सुदृढिकरण जरुरी रहेको बताउनुभयो । उहाँले जनताका बिचमा नयाँ विचारका साथ जानुपर्ने र बनगाडलाई पार्टीको लाल किल्ला बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

सम्बोधनका क्रममा बुढाथोकीले एमाले अध्यक्ष केपि ओलि प्रतिगनको नाइके भएको आरोप लगाउनुहुदै सरकारमा हुँदा गरेको भ्रष्टाचारलाई उनीहरुको महाधिवेशनले प्रमाणित गरेको जनाउनुभयो । उहाँले देश प्रचण्डको वरिपरि र माओवादी एजेन्डामा चलिरहेको समेत बताउनु भयो ।

कार्यक्रममा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटि सल्लाहकार सदस्य प्रतिमल बुढाले अहिले पार्टी बनाउने भन्दा सत्तामा कसरी जाने भन्ने कुरालाई प्रमुख ठान्दा समस्या भएको बताउनुभयो । उहाँले विकासको काम गरेर जनताको मन जित्नु पर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्