Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानका ६ पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

२०७८ मंसिर ११
tribeni2
  • इन्द्र बुढाथोकी

सल्यान / नेकपा माओवादी केन्द्र सल्यानको ६ ओटा पालिकामा आजै नयाँ नेतृत्व चयन भएको छ । शनिबार जिल्लाको शारदा नगरपालिका, कपुरकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका, कालिमाटी गाउँपालिका, सिद्ध कुमाख गाउँपालिका र दार्मा गाउँपालिकामा केन्द्रको नयाँ नेतृत्व चयन भएको हो ।

माओवादी केन्द्र शारदा नगरकमिटीको अध्यक्षमा नबिन सिंह भडेल चयन हुनुभएको छ । ४ जना पछि थप्ने गरी बनेको ६१ सदस्ययीय कमिटिको उपाध्यक्षमा तिलक बिक, पुष्कर बस्नेत र सुकदेव बिक चयन हुनुभएको छ भने सचिवमा सन्तोश कुमार राई चयन हुनुभएको छ । सह सचिवमा लिला बहादुर रोका र कोषाध्यक्ष चेत बहादर गिरी भयन हुनुभएको बताइएको छ ।

त्यसैगरी जिल्लाको कपुरकोट गाउ कमिटीको अध्यक्षमा प्रकाश भण्डारी चयन हुनुभएको छ भने उपाध्यक्षमा खड्क सिंह ठकुरी, शेर बहादुर पुन र लक्ष्मी बोहरा मल्ल
चयन छानिनुभएको छ । कमिटिको सचिवमा बालाराम खड्का, सह सचिवमा पवन कार्कि र कोषाध्यक्षमा तिला ओलि चयन हुनुभएको छ । उक्त कमिटि ५५ सदस्यीय रहेको छ ।

आजै नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिकामा पनि नयाँ कमिटि बनेको छ । गाउँपालिकाको दोस्रो सम्मेलनबाट अध्यक्षमा राजेन्द्र कुमार थापा, उपाध्यक्षमा नेत्र प्रकाश पुन, कृष्ण बहादुर के सी, सचिवमा छविलाल बुढाथोकी चयन हुुनुभएको छ । सह सचिवमा भूपाल सिंह रकाल र कोषाध्यक्षमा सुमित्रा परियार निर्वाचित हुनुभएको छ । 

माओवादी केन्द्र कालिमाटी गाउँपालिकाको अध्यक्ष रुद्र बहादुर घर्ती चयन हुनुभएको छ भने उपाध्यक्षमा पुरुषोत्तम भट्टराई, गम बहादुर रावत र भोला प्रसाद खत्री चयन हुनुभएको छ । कमिटिको सचिवमा शालीग्राम भट्टराई, सह सचिवमा टेकराज पुलामी मगर र कोषाध्यक्षमा संगीता खासु चयन हुनुभएको छ । कालिमाटीमा ८ जना सदस्य पछि थप्ने गरि ५५ सदस्यीय कमिटी बनाईएको छ ।

त्यसैगरी पार्टीको सिद्ध कुमाख गाउँपालिकामा रामबहादुर बस्नेतको अध्यक्षतामा नयाँ कमिटि चयन गरिएको छ । कमिटिको उपाध्यक्षमा डिल बहादुर बोहरा, भुमी बुढाथोकी र नरबिर चलाउने, सचिवमा रुद्र बुढाथोकी, सहसचिवमा पुर्ण बहादुर थापा र कोषाध्यक्षमा रमेश यरि चयन हुनुभएको जनाईएको छ ।

आजै दार्मा गाउपालिकाको अध्यक्षमा चन्द्रबहादुर रावत, उपाध्यक्षमा असबिर बुढाथोकी, टंक वली र टीका शर्मा वली, सचिवमा दुर्गा बहादुर मल्ल चयन हुनुभएको छ । नया कमिटिको सह सचिवमा डिल्ली बहादुर केसि र कोषाध्यक्षमा धनिराम नेपाली चयन हुनुभएको बताईएको छ ।

सबै पालिकाहरुमा पार्टीको दोश्रो सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको हो ।

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  २१:११
प्रतिक्रिया दिनुहोस्