Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्ने हिमाल र जलजलाको काखमा हुर्किएका कार्यकर्ता राष्ट्रको नायक बन्नुपर्छ : मुख्यमन्त्री केसी

उद्योग स्थापनाको लागि पालिकाहरु जुट्नुपर्नेमा जोड
२०७८ मंसिर ११
tribeni2

रुकुम पूर्व / लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सिस्ने हिमाल र जलजलाकाे काखमा हुर्किएका नेता, कार्यकर्ताहरु राष्ट्रको नायक बन्नुपर्ने बताउनु भएको छ ।

मुख्यमन्त्री केसीले रोल्पा, रुकुमका पौरखी, इमान्दार जुझारु कार्यकर्ताले गाउँबाट नेतृत्व गर्दै राष्ट्रको नायकको रुपमा भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभएको हो ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सह इन्चार्ज समेत रहनुभएका मुख्यमन्त्री केसीले आज रुकुम पूर्वको भूमे गाउँपालिकामा माओवादी केन्द्र भुमे गाउँपालिकाको सम्मेलनलाई सम्बोधन गर्नुहुदै यस्तो बताउनुभएको हो । उहाँले जिल्लाका लागि छुट्टै कुनै योजना बनाई नसकेकेको भएतापनि सञ्चालित विभिन्न योजनाहरुलाई निरन्तरता र पूर्णता दिने बताउनुभयो ।

मुख्यमन्त्री केसीले रुकुम पूर्वलाई अर्गानीक जिल्ला घोषणा गरिएको भन्दै अब उद्योग स्थापनाको लागि पालिकाहरु जुट्नुपर्नेमा जोड दिनुभयो ।

कृषि देखि लिएर अन्य क्षेत्रमा यहाँका जनताहरुले उठाएका एजेण्डाहरुलाई सम्बोधन गर्ने आश्वास दिनुहुदै मुख्यमन्त्री केसीले जनताले देखेका सपनाहरु पुरा गर्न प्रदेश सरकारको तर्फबाट कुनै पनि कसर बाकी नराख्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  २२:११
प्रतिक्रिया दिनुहोस्