Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटमा बस दुर्घटना : ५ जनाको घटनास्थलमै मृत्यु

घाईतेहरुको जाजरकोट अस्पतालमा उपचार हुँदै
२०७८ मंसिर १२
tribeni2

जाजरकोट / नेपालगन्ज देखी रुकुम पश्चिमको आठबिसकोट जाँदै गरेको रात्री बस जाजरकोटमा दुर्घटना भएको छ ।

बस दुर्घटनामा परेर ५ जनाको घटनास्थलै मृत्यु भएको स्थानीयले बताएका छन् । मृतकको पहिचान भने हुन सकेको छैन ।

ना ६ ख २७५७ नम्बरको रात्री बस जाजरकोटको कुदु बराहचौकनजिक राती २ बजे दुर्घटना भएको हो । घाइतेहरु मध्य केहिको जाजरकोट अस्पताल र केहिको चौरजहारी अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

बस सडकबाट १ सय ५० मिटर तल खसेको बताईएको छ ।

रातीमा बस दुर्घटना भएको कारण उद्धारमा ढिलाई भएको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ०८:११
प्रतिक्रिया दिनुहोस्