सानीभेरीमा कम्युनिष्ट स्थापकहरुलाई सम्मान

२०७८ मंसिर १२
  • गोपालसिं खड्का

रुकुम पश्चिम / जिल्लाको सानीभेरी गाउँपालिकाामा कम्युनिष्ट स्थापकहरुलाई सम्मान गरिएको छ । गाउँपालिकाको दोस्रो सम्मेलनको अवसर पारेर नेकपा माओवादी केन्द्र सानीभेरी गाउँपालिकाले सम्मान गरेको हो ।

नेपाल सरकारका अर्थमन्त्री, स्थायी कमिटी सदस्य नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जर्नादन शर्माले सम्मान पत्र, दोसल्ला तथा अविरमालाले सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेहरुमा राप्ती ज्ञानोदय माविका प्रधानाध्यापक शसिराम विक, वडा ६ लालबहादुर खड्का, भुपालसिं बुढाथोकी, टोपबहादुर केसी लगाएत ६ जना हुनुहुन्छ ।

कम्युनिष्टहरुको सच्चा पहरेदार भइ रुकुम जिल्लाको मान राख्न सफल नेतृत्वप्रति सलामी अर्पण सहित स्थापकलाई कहिल्यै नभुल्ने र गरेको कार्यप्रति उच्च मूल्यांकन राख्दै सम्मान गरेको सानीभेरी गाउँपालिका नेकपा माओवादी केन्द्रका अध्यक्ष भूपालसिं ओलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १२:११
प्रतिक्रिया दिनुहोस्