Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका मुसिकोट, सानीभेरी र त्रिवेणीमा माओवादी केन्द्रको नयाँ कमिटि चयन

२०७८ मंसिर १२
tribeni2

रुकुम पश्चिम / नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका तीन स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ । जिल्लाको मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रको पालिका स्तरिय नयाँ कमिटि चयन भएको हो ।

नेकपा माओवादी केन्द्रको मुसिकोट नगरपालिकाको दोस्रो नगर सम्मेलनबाट धिरन सिर्पालीको अध्यक्षतामा ६५ सदस्य नगर समिति चयन भएको छ । 

जसको उपाध्यक्षमा बुद्धि प्रसाद बुढा, निर्मल कुमार पुन र दलबहादुर खड्का, सचिव सुशील गौतम, सह(सचिव नवीन ओली र कोषाध्यक्षमा जोखीमाया कठायत रहनु भएको छ । सम्मेलनबाट प्रदेश सम्मेलनका लागि १७ जना प्रतिनिधि सर्वसम्मत रुपमा छनोट गरिएको नवनिर्वाचित अध्यक्ष धिरन सिर्पालीले जानकारी दिनुभएको छ।

त्यसैगरी शनिबार नै नेकपा माओवादी केन्द्र सानीभेरी गाउँपालिकाको नयाँ नेतृत्व चयन भएको छ ।

सम्मेलनबाट भुपालसिंह ओलीको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन भएको बताईएको छ । गाउँ कमिटीको उपाध्यक्षमा मोतिराम रोका, सर्वजित घर्ती मगर र धर्म पुन मगर, सचिवमा टेकबहादुर पुन र सहसचिवमा सरस्वती बि.क. र कोषाध्यक्षमा ईन्द्रा ओली चयन हुनुभएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिकामा गणेश बहादुर खड्काको नेतृत्वमा ५५ सदस्यीय नयाँ कमिटि चयन गरिएको छ ।

जसको उपाध्यक्षमा सुन्दर ओली, कर्णबहादुर खड्का र टेकबहादुर ओली हुनुहुन्छ भने सचिवमा चन्द्रबहादुर खड्का चयन हुनुभएको छ । कमिटिको सह सचिवमा जनक कुमार बिश्वकर्मा र कोषाध्यक्षमा निर्मला बिष्ट खड्का चयन हुनुभएको छ ।

तीन ओटै पालिकाको शुक्रबार सम्मेलन उद्घाटन गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १२:११
प्रतिक्रिया दिनुहोस्