Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वका सिस्ने र पुथामा माओवादीको नयाँ नेतृत्व चयन

२०७८ मंसिर १३
tribeni2

रुकुम पूर्व / नेकपा माओवादी केन्द्र रुकुम पूर्वको सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । दुवै गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

सिस्ने गाउँपालिकामा मन्साराम खड्काको अध्यक्षतामा ६ सदस्य पछि थप्नेगरी ५५ सदस्यीय नयाँ कमिटि चयन भएको छ ।

जसको उपाध्यक्षमा गोबर्धन बुढामगर, भद्री थापा, शान्ते बहादुर बिक रहनुभएको छ । सचिवमा कर्णबहादुर खड्का, सहसचिवमा रेवन खड्का र कोषाध्यक्षमा कलबहादुर खड्का रहनुभएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गनेशमान पुनको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।

पुथाउत्तरगंगा गाउँपालिकामा हर्क कामिको अध्यक्षता ५५ सदस्यीय गाउँ कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्र जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य तेजबहादुर ओलीले जानकारी दिनुभयो ।

जसको उपाध्यक्षमा जनक छन्त्याल, दिल कुमारी बुढा, गंगा बहादुर पुन रहनुभएको छ । सचिवमा भीम मल्ल, सहसचिवमा टिकासाही धर्ती र कोषाध्यक्षमा मनिप्रसाद पुन रहनुभएको छ । पुथामा नेकपा माओवादी केन्द्र जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्यओलीको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ११:११
प्रतिक्रिया दिनुहोस्