Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
माओवादी केन्द्रको गाउँ/नगर सम्मेलन

रुकुम पश्चिमका सबै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन (पदाधिकारीहरु सहित)

सबै पालिकामा सर्वसम्मत
२०७८ मंसिर १३
tribeni2
  • गोपालसिं खड्का

रुकुम पश्चिम / नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जिल्लाका ६ ओटै स्थानीय तहमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

जिल्लाका ६ ओटै गाँउ तथा नगरपालिकामा भएको दोश्रो सम्मेलनबाट नयाँ कमिटि चयन भएको हो । जिल्लाका सबै पालिकाहरुमा निर्विरोध निर्वाचित पदाधिकारीहरुको विवरण :

मुसिकोट नगर कमिटि :
अध्यक्ष : धिरण शेर्पाली (बिमर्स)
उपाध्यक्ष : बुद्धि प्रसाद बुढा, दल बहादुर खड्का र निर्मल कुमार पुन
सचिव : सुशील गौतम
सह-सचिव : नवीन ओली
कोषाध्यक्ष : जोखिमाया कठायत ।

चौरजहारी नगर कमिटि :
अध्यक्ष : श्रीकृष्ण शर्मा
उपाध्यक्ष : सुदास स्वर्णकार, खुम बहादर खड्का र सपना बिष्ट कार्की
सचिव : बिर बहादुर राना
सह-सचिव : लाल बहादुर कटवाल
कोषाध्यक्ष : अमर केसि ।

आठबिसकोट नगर कमिटि :
अध्यक्ष : रबि के सि
उपाध्यक्ष : डिल्ली सार्की, प्रेमा शाही र मान बहादुर चनारा
सचिव : गोरख बहादुर कामी
सह-सचिव : देब बहादुर घर्ती
कोषाध्यक्ष : गिता नेपाली ।

सानीभेरी गाउँ कमिटि :
अध्यक्ष : भूपालसिं ओली (पृथ्वी)
उपाध्यक्ष : मोतिराम रोका, सर्वजित घर्ती र धर्मबहादुर पुन
सचिव : टेकबहादुर पुन
सह-सचिव : सरस्वती बिक
कोषाध्यक्ष : इन्दिरा ओली ।

त्रिवेणी गाउँ कमिटि :
अध्यक्ष : गणेश बहादुर खड्का
उपाध्यक्ष : सुन्दर ओली, कर्ण बहादुर खड्का र टेक बहादुर ओली
सचिव : चन्द्र बहादुर खड्का
सह - सचिव : जनक कुमार बिश्वकर्मा
कोषाध्यक्ष : निर्मला बिष्ट खड्का ।

बाँफिकोट गाउँ कमिटि :
अध्यक्ष : चन्द्रबहादुर केसी
उपाअध्यक्ष : नरबहादुर खत्री, झरणा शाही र सेरु बि.क.
सचिव : हर्कु मल्ल
सह-सचिव : हरी चन्द
कोषाध्यक्ष : धनबहादुर खत्री

पार्टीको विधान अनुसार नगर कमिटि ६५ र गाउँ कमिति ५५ सदस्यीय रहेको बताईएको छ । मंसिर १० गते जिल्लाको मुसिकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा सम्मेलन उद्घाटन गरिएको थियो भने ११ गते बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकामा सम्मेलन उद्घाटन गरिएको थियो ।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य, संगठन विभाग प्रमुख एवम् नेपाल सरकारका अर्थ मन्त्री जर्नादन शर्माले त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिका, बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सम्मेलन उद्घाटन गर्नुभएको थियो । मुसिकोट नगरपालिकाको उद्घाटन पार्टीका केन्द्रीय सदस्य वसन्त शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  २१:११
प्रतिक्रिया दिनुहोस्