Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाडो बढेपछि ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

२०७८ मंसिर १३
tribeni2
  • गोपालसिं खड्का

रुकुम पश्चिम / जिल्लाको मुसिकोट नगरपालिकामा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा (ज्याकेट) बितरण गरिएको छ ।

नगरपालिकाको सेरीगाउँ, साँख, चौतारा, चाँपा र सोलाबाङमा गरि ५ ठाउँबाट नगरपालिकाभित्रका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा (ज्याकेट) बितरण गरिएको हो ।एस.पि.सी. क्यानाडाको सहयोगमा मुसिकोट नगरपालिका र नेपाल ख्रीष्टिय राहत सेवा ललितपुरले संयुक्त रुपमा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतमका अनुसार जाडो बढेसँगै जेष्ठ नागरिकलाई थोरै भएपनि राहात होस् भन्ने उद्देश्यले ६० बर्ष माथिका दलित र ७० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा उपलब्ध गराईएको हो । नगर प्रमुख देविलाल गौतमको नेतृत्वमा खटिएको टिमले टोल टोलमा गएर जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

चिसोबाट प्रभावित विपद् तथा जोखिममा रहेका जेष्ठ नागरिकहरुलाई लक्षित गरेर न्यानो कपडा वितरण गरिएको नेपाल ख्रीष्टिय राहत सेवा ललितपुरका कोषाध्यक्ष मुकुन्द कुमार शर्माले बताउनुभयो ।

एक हजार ५ सय भन्दा बढि जेष्ठ नागरिकहरु रहेको मुसिकोट नगरपालिकामा ६ सय ५३ जनालाई वितरण गरिएको छ भने बाँकी उपस्थित हुन नसकेका जेष्ठ नागरिकलाई यसै हप्ताभित्र नगरपालिकाको कार्यालयबाटै बितरण गरिने बताईएको छ ।

वितरण टोलीमा नगरपालिकाका उप प्रमुख प्रेम कुमारी सुनार, प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, सामाजिक विकास समितिका संयोजक एवम् वडा नम्बर ५ का अध्यक्ष शुसिल गौतम, वडा नम्बर ४ का अध्यक्ष निर्मल कुमार पुन, वडा नम्बर ७ का अध्यक्ष हिमबहादुर पाण्डे, वडा नम्बर १३ का अध्यक्ष दिपक केसी, वडा नम्बर १४ का अध्यक्ष भिमबहादुर बिष्ट, महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख भावना शाह, सहायक पाँचौं कमला मल्ल, नेपाल ख्रीष्टिय राहत सेवा ललितपुरका कोषाध्यक्ष मुकुन्द कुमार शर्मा, कार्यकारी प्रमुख रोमी केसी, संयोजक रुबेन शर्मा, लेखा अधिकृत पवन चापागाई, स्थानीय परिचालक सूर्य शर्मा, एस.पि.सी. क्यानाडाका प्रतिनीधि क्याथरिन ज्याक, नेपाल पत्रकार महासँघ रुकुमका अध्यक्ष लक्ष्मण केसी, रेडियो सानीभेरीका प्रतिनीधि परिचन्द्र खत्री लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  २२:११
प्रतिक्रिया दिनुहोस्